काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायूको तथा पुर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेश लगायत देशको हिमाली भु-भागमा आंशिक बदल लागेको छ तथा बाँकी भु-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
२०८३ मंसिर ६ गते (आइतबार)
दिउँसोः मधेश प्रदेश र कोशी प्रदेश लगायत गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको तराई भू-भागका साथै मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
रातिः देशको हिमाली क्षेत्रमा साथै कोशी प्रदेशको तराई क्षेत्रमा र मधेश प्रदेशमा आंशिक बादल लाग्नेछ। बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ मंसिर ७ गते (सोमबार)
दिउँसोः कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मूख्यतया सफा रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ।
रातिः कोशी प्रदेशको हिमाली र पहाडी क्षेत्रमा साथै बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।
२०८३ मंसिर ८ गते (मंगलबार) मौसम सम्बन्धि थप जानकारीका लागि सम्पर्क राख्नुहोला
मौसम पूर्वानुमान महाशाखा, नेपाल मौसम विज्ञान विभाग
बबरमहल, काठमाडौं
फोन: ११५५














