‘काठमाडौं पिंक केयरथन २०२६’ फागुन आयोजना हुँदै

2

काठमाडौं । महिलाको स्वास्थ्य, फिटनेस र स्तन क्यान्सर जस्ता विषयमा जागरण फैलाउने मुख्य लक्ष्यका साथ ‘काठमाडौं पिंक केयरथन’ आयोजना हुने भएको छ । लेजर पोर्ट नेपालको आयोजनामाफागुन ३० गते जावलाखेल फुटबल ग्राउन्डमा कार्यक्रमको आयोजना हुन लागेको हो । आयोजकका अनुसार महिलालाई स्वस्थ तथा सक्रिय जीवनशैली अपनाउन प्रोत्साहन दिने उद्देश्य राखिएको यस केयरथनमा दौड प्रतियोगिता, जुम्बा सत्र, वार्मअप र अन्य विभिन्न स्वास्थ्यसम्बन्धी क्रियाकलापहरू हुनेछन् । सबै उमेर समूहका महिलाहरू सहभागी हुन सक्ने गरी तयार पारिएको यो कार्यक्रममा यस वर्षदेखि पुरुषहरूलाई पनि सहभागी हुने अवसर दिइएको छ ।