बालेनको तीन वर्षः कहिल्यै अब्बल बनेन काठमाडौं महानगर

3

काठमाडौं । बालेन्द्र साहले काठमाडौं महानगरपालिकामा झण्डै साढे तीन वर्ष नेतृत्व गरेका थिए । स्वतन्त्र पार्टीका नेता साहले आफूहरूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरिरहेका छन् । नेपालमा अहिले ६ वटा स्थानीय तह महानगरीय संरचनाका रूपमा छन् । जसमध्ये काठमाडौं महानगर सबैभन्दा धेरै जनसंख्या र साधन स्रोत भएको स्थानीय तह हो । अन्य सबै महानगरको तुलनामा महानगरले सधैँका आर्थिक वर्षमा सबैन्दा ठूलो आकारको बजेट निर्माण गर्ने गर्छ ।महानगर कार्यसम्पादनबारे अन्य महानगरको तुलनमा कहिल्यै अब्बल बन्न सकेन । जुन कुरा कुनै आलोचनात्मक भाष्य नभएर राज्यको एक स्वतन्त्र आयोगको तथ्यांकले पुष्टि गर्छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रत्येक वर्ष विभिन्न सूचकांकका आधारमा ७ वटा प्रदेश र ७५३ वटा स्थानीय तहको कार्यसम्पाद मूल्यांकन तयार गर्ने गर्छ । विशेषगरी अर्को आर्थिक वर्षमा समानीकरण अनुदान वितरणको प्रयोजनका लागि आयोगले मूल्यांकन गर्ने गर्छ ।

आयोगले बिहीबार मात्रै आर्थिक वर्ष ०८१/८२ को कार्यसम्पादन मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो । १७ वटा सूचकमा आधारित आयोगको कार्यसम्पादन मूल्यांकनमा ६ महानगरमध्ये काठमाडौं सबैभन्दा कमजोर देखिएको छ । अघिल्ला दुई आर्थिक वर्षमा पनि महानगरले विशेषगरी शुसासन र राज्यको लक्ष्य प्राप्त गर्नमा आफूलाई अब्बल रूपमा प्रस्तुत गर्न नसकेको आयोगको तथ्यांकले देखाएको छ ।
जबकी महानगरसँग कुनै पनि लक्षित कार्यक्रम कार्यान्वयन गर्न कहिल्यै पनि स्रोतको अभाव रहने अवस्था सिर्जना भएको देखिँदैन । बरु महानगरले आफूसँग भएको पैसा कहिल्यै पनि खर्च गर्न सकेको छैन । काठमाडौं महानगरले अघिल्लो आर्थिक वर्षमा तोकिएको समयमा नगरसभामा बजेट पेस गर्न सकेको थिएन । त्यस्तै आगामी आर्थिक वर्ष ०८३/८४ को आय व्यय प्रक्षेपण अर्थ मन्त्रालयमा बुझाउनु पर्नेमा बुझाएन ।
त्यस्तै, त्यस आर्थिक वर्षमा काठमाडौंले विनियोजित बजेट अनुसारको खर्च गर्न सकेन, आर्थिक वर्ष ०८०र८१ मा बेरुजु कायम गर्यो भने तोकिएको आवधिक योजना नै बनाएन । -khabarhub