काठमाडौं । (नेकपा) मा एमाले पूर्वउपाध्यक्ष भीम रावल माओवादीका पूर्वअध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गरेको नेपाली कम्युनिस्ट पार्टीमा सामेल हुने भएका छन् । आज काठमाडौंमा आयोजना हुने कार्यक्रममा अभियान नेकपामा समाहित भएसँगै उनी नयाँ नेकपाको सचिवालय सदस्य चयन हुनेछन् । नेपाली कम्युनिस्ट पार्टीको सचिवालयमा दाहाल, नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ रहने यसअघि नै सहमति भइसकेको छ । दाहाल, नेपाल र रावलबीच भएको त्रिपक्षीय वार्ताले रावलको वरीयता निर्धारण हुने नेताहरूको भनाइ छ ।














