Sunday, September 20, 2026
Home राजनीति झलनाथलाई भेट्न डल्लु पुगे वामदेव

झलनाथलाई भेट्न डल्लु पुगे वामदेव

17

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र वरिष्ठ नेता वामदेव गौतमबीच भेटवार्ता भएकाे छ। हालै मात्रै नेकपा एस प्रवेश गरेका वामदेव झलनाथ भेट्न उनकै निवास डल्लु पुगेका हुन्। पार्टी अध्यक्ष माधव नेपालसँग झलनाथकाे टकराव उत्कर्षमा पुगेका बेला भएकाे भेटलाई अर्थपूर्ण मानिएकाे छ। यद्यपि, नेता खनालकाे सचिवालयले भने सामान्य भेटघाट तथा समसामयिक विषयमा छलफल भएकाे जनाएको छ। माधव-झलनाथबीच विवाद चर्किएपछि नेकपा एसले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाएको छ। माधव–झलनाथबीचको विवाद उत्कर्षमा पुगेर एक अर्कालाई पार्टी छाडेर जान समेत भनिसकेका छन्।