आजको मौसम: थोरै स्थानमा मध्यम वर्षाको सम्भावना

21

काठमाडौं । मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराईमा अवस्थित छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा अधिकांश बदली रही बाँकी भू-भागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मध्यम वर्षा भईरहेको छ।

हिमाली क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श :
देशभर मनसुन सक्रिय रही सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।