भक्तपुर । झझल्को बचत तथा ऋण सहकारीले विभिन्न परिक्षा उत्कृष्ट अंक ल्याएका कम आय भएका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको साकोसका सचिब सुरज बास्तोलाले जानकारी दिएका छन् ।
नगरभित्रका ४ सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार २० जना छात्र तथा छात्रा हरुलाई जनही रु पाँच हजारका दरले छात्रवृत्ति प्रदान गरिएको सचिब बास्तोलाले बताए ।




















