Wednesday, October 7, 2026
Home समाचार गोठालो गएका दुई किशोरी मृत भेटिए

गोठालो गएका दुई किशोरी मृत भेटिए

48

काठमाडौं । शुक्रबारदेखि हराएका अछाममा बाख्रा चराउन जङ्गल गएका दुई किशोरी मृत फेला परेका छन्। ढकारी गाउँपालिका वडा नम्बर ८ का दुई किशोरी शनिबार मृत फेला परेका हुन्।

ढकारी गाउँपालिका वडा नम्बर १ मा रहेको छिन्ने जङ्गलमा सरस्वती खड्का र ईश्वरी खड्काको शव फेला परेको हो । अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले अलग अलग स्थानमा दुई किशोरीको शव फेला परेको बताए । ‘अन्दाजी १४–१५ वर्षका दुई किशोरी रहेको भन्ने बुझियो, मृत्युको कारण के हो भन्ने यकिन भन्न सकिएन,’ उनले भने, ‘शवलाई सुरक्षित राख्ने काम मात्रै भएको छ, बाँकी अनुसन्धान गर्न बाँकी छ।’

भण्डारीका अनुसार उनीहरू शुक्रबार दिउँसो बाख्रा चराउन छिन्ने जङ्गल गएका थिए। बेलुका बाख्रापाठा घर फर्किए तर किशोरी फर्किएनन्। शनिबार आफन्त तथा गाउँलेले खोजीका क्रममा शव फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।
शव शनिबार साँझ फेला परेको भए पनि रातको समयमा अनुसन्धान गर्न कठिन भएकाले आइतबार जिल्लाबाट टोली गएको छ ।