Wednesday, October 7, 2026
Home समाचार मिटरब्याजी महिला पक्राउ

मिटरब्याजी महिला पक्राउ

46

सिरहा : सिरहामा चर्को मिटरब्याजको धन्दा चलाउने एकजना मिटरब्याजी पक्राउ परेकी छन्। मिर्चैया नगरपालिका ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद्दामा अदालतबाट पक्राउ अनुमति लिएर साहलाई पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए। उनीमाथि थप अनुसन्धान भइरहेको छ। साहमाथि प्रहरी र जिल्ला प्रशासनमा गरी दर्जनौं उजुरी छ। मिर्चैया क्षेत्रमा उनी लामो समयदेखि चर्को मिटरब्याज धन्दा चलाउँदै आएकी थिइन्।