Thursday, October 1, 2026
Home राजनीति ओलीसँग भेटेर डोनाल्ड लुले भने, एमसीसी चाँडै सम्पन्न गर्नुपर्छ

ओलीसँग भेटेर डोनाल्ड लुले भने, एमसीसी चाँडै सम्पन्न गर्नुपर्छ

60

काठमाडौं : संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्यएसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसीसी परियोजना चाँडै सम्मन्न गर्नुपर्ने बताएका छन्।शुक्रबार ललितपुरको च्यासलस्थित नेकपा एमालेको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै लुले एमसीसी परियोजना अब पूर्णरूपमा शुरु गर्ने जानकारी दिए। उनले वरिष्ठ अधिकारी आएर परियोजना आरम्भ गर्ने बताए। उनले एमसीसी परियोजना अगाडि बढाएकोमा धन्यवाद दिए।