तपाई कण्डम प्रयोग गर्नुहुन्छ, यस्ता गल्तीहरु नगर्नुहोस्

59

काठमाडौं । परिवार नियोजनको राम्रो साधन कण्डम हो । यसले यौन रोगहरू सर्नबाट बचाउछ । कण्डम यौन सम्पर्कको समयमा पुरुषले प्रयोग गर्ने बस्तु भएता पनि आजभोलि बजारमा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भैसकेका छन्। कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तै एच।आई।भी। र अन्य यौनरोगहरू सर्नबाट रोक्दछ । साधारणतया यो सजिलै पाउन सकिन्छ र यो एक पल्ट लगाएपछि फेरि दोहोर्याएर प्रयोग गर्न मिल्दैन ।

कण्डम गर्भान्तरको लागि पुरुषले प्रयोग गर्ने परिवार नियोजनको एक मात्र अस्थायी साधन हो । यो प्रत्येक पटकको यौन सम्पर्कमा सही तरिकाले प्रयोग गर्नुपर्छ । घरभन्दा बाहिर कामकाज गर्ने व्यक्ति घर फर्कदा अनिच्छित गर्भ रहनबाट रोक्न कण्डम प्रयोग गर्नुपर्छ ।

कण्डमले दोहोरो सुरक्षा प्रदान गर्छ । यसले गर्भ निरोधक र एच।आई ।भी तथा अन्य यौन रोगको संक्रमणबाट बचाउँछ । यो प्रयोग गरिसकेपछि उचित ठाउँमा व्यवस्थापन गर्नुपर्छ । कण्डम नजिकको स्वास्थ्य संस्था साथै महिला स्वास्थ्य स्वयंसेविकाबाट पनि निशुल्क उपलब्ध हुन्छ । यदि यौन सम्पर्कको बेला कण्डम फुटेमा चाँडो भन्दा चाँडो १२० घन्टाभित्र आकस्मिक गर्भ निरोधकको उपाय अपनाउनु पर्छ ।

कन्डमको प्रयोगमा के कस्ता गल्ती हुनसक्छ

-कण्डमको प्याकेट दाँतले खोल्नु

-कण्डम चेक नगर्नु

-यौन गतिविधि शुरु भएपछि कण्डम प्रयोग गर्नु

-कण्डमलाई दोस्रो पटक प्रयोग गर्नु

-एक्सपायरी डेटको जाँच नगर्नु