५ वटा मन्त्रालय सम्हाल्दै प्रधानमन्त्री प्रचण्ड

51

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को काँधमा ५ वटा मन्त्रालयको जिम्मेवारी परेको छ । सोमवार रिक्त रहेको थप २ मन्त्रालयको कामकाज थपिएसँगै उनको काँधमा ५ वटा मन्त्रालय परेको हो ।

आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरू शिक्षामन्त्री शिशिर खनाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्री तोसिमाका कार्कीले पदबाट राजीनामा दिएका थिए ।

रिक्त रहेको मन्त्रालयमा राष्ट्रपतिले संविधानको धारा ७७ को उपधारा २ को खण्ड ‘क’ बमोजिम कार्यभार प्रधानमन्त्री प्रचण्डलाई नै तोकेकी हुन् ।