काठमाडौँ । सरकारले पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय छानिबन आयोग गठन गरेको छ । आइतबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री विष्णु पौडेलले छानबिन आयोग गठन गरिएको बताएका हुन् । यस्तै उनले सोमबार विमान दुर्घटनामा मृत्यु भएकाहरुको शोकमा सार्वजनिक बिदा पनि दिने निर्णय गरेको जानकारी दिएका छन् ।आयोगलाई प्रतिवेदन बुझाउन ४५ दिनको समय दिइएको छ ।