Thursday, October 1, 2026
Home अन्य कला अमेरिका उडेकी आस्था राउतलाई एयरपोर्टबाटै फिर्ता

अमेरिका उडेकी आस्था राउतलाई एयरपोर्टबाटै फिर्ता

107

काठमाडाैँ । युनाइटेड हाेम केयर सर्भिसद्वारा आयाेजित सांगीतिक कार्यक्रमका लागि अमेरिका पुगेकी गायिका आस्था राउतलाई त्यहाँकाे अध्यागमनले विमानस्थलबाटै फिर्ता पठाएकाे छ।

अंग्रेजी नयाँवर्षकाे अवसरमा अमेरिकाकाे पेन्सिलभिनिया राज्यकाे ल्यानक्यास्टरमा आयाेजना हुन लागेकाे न्यू इयर म्यूजिक नाइटमा सहभागी हुन त्यहाँका लागि उडेकी राउतलाई त्यहाँस्थित ड्यालस अध्यागमनले फिर्ता पठाएकाे हाे।

स्राेतका अनुसार पर्यटक भिसामा सांगीतिक कार्यक्रम गर्न नपाइने कारण देखाउँदै उनलाई अमेरिका प्रवेशमा रोक लगाइएको हाे।

अमेरिकामा सांकृतिक कार्यक्रम तथा कन्सर्टहरू गर्नकाे लागि कामदार भिसा (वर्किङ भिसा) मै जानुपर्ने प्रावधान छ। अमेरिकी अध्यागमनका अनुसार यसका लागि पी वान भिसा आवश्यक पर्छ।