धनगढी । धनगढीमा एक युवती मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका-६ को जालीमा शुक्रबार बिहान २१ वर्षीया युवती मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत फेला पर्नेमा अस्मिता साउद रहेकी छन्। उनी यहाँ दिदीको घरमा बसेर अध्ययन गर्दै आएकी थिइन्। कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-६ घर भएर दिदीको घरमा बस्दै आएकी साउद मृत भेटिएको पुष्टि गरे।