काठमाडौँ । हङकङमा रेष्टुरेन्ट खोल्ने समयमा लगाइएको प्रतिबन्ध आगामी सातादेखि हट्ने भएको छ। हङकङमा आगामी बिहीबारदेखि रेष्टुरेन्ट, पब र अन्य केही स्थानमा लगाइएको प्रतिबन्ध थप खुकुलो बनाइने भएको हो।
कोभिड-१९ महामारी नियन्त्रणको लागि भन्दै यस्ता व्यवसायलाई निश्चित समय मात्र खुला राख्न अनुमति दिइएको थियो।यद्यपि बिहीबार गरिएको घोषणाअनुसार भने अब रेष्टुरेन्ट, पबलगायतका व्यवसाय लामो समयसम्म खुला राख्न पाइनेछ।
बिहीबारदेखि हङकङको सार्वजनिक स्थलमा हुने कार्यक्रममा मास्क हटाउन सक्नेछन्। त्यस्तै, धार्मिक तथा मनोरञ्जनस्थलमा पनि मास्क लगाउनपर्ने नियम हटाइनेछ। अहिलेको सामाजिक दूरीको नियम अनुसार रेष्टुरेन्टमा एकपटक एउटा टेबलमा १२ जनालाई मात्र राख्न सकिन्छ भने एकपटकमा २४० जना ग्राहकलाई मात्र अनुमति दिइन्छ। आगमी सातादेखि भने यो प्रतिबन्ध पनि हट्नेछ। यसले २० प्रतिशतसम्म व्यापार बढ्नसक्ने जानकारहरूले जनाएका छन्।













