सर्लाही । सर्लाहीको कर्मैयास्थित मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनको सेवा केन्द्रका प्रमुखमाथि गोली प्रहार गरेर लुटेरा समूह फरार भएको छ ।
बुधबार बिहान साढे १० बजेतिर बागमती नगरपालिका–१, मिलनचोकमा रहेको बचत तथा ऋण सहकारी प्रमुख साजन कार्कीमाथि लुटेरा समूहले गोली प्रहार गरेको हो । तीनजनाको समूहमा आएका लुटेराले सेवा केन्द्रको कार्यालयभित्र पसेर कार्कीलाई पैसा दिन भन्दै धम्क्याएका थिए ।













