भक्तपुर । नेकपा एमाले चाँगुनारायण प्रदेश समन्वय कमिटिको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । सो बैठकले शिवराम तिमिल्सिनाको संयोजकत्वमा २५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
एमाले चाँगुनारायण नगर कमिटी अध्यक्ष राम प्रसाद तिमिल्सिनाको संम्योजकत्वमा आर्थिक परिचालन कमिटी गठन र उपाध्यक्ष जयराम बास्तोलाको संयोजकत्वमा प्रचारप्रसार कमिटी गठन गरेको बास्तोलाले जानकारी दिए । ‘बैठकले मातहत कमिटी नगर कमिटी, वडा कमिटी, टोल कमिटी, विभिन्न जनवर्गीय संगठनहरुको बैठक तथा भेलाहरु असोज महिनाभित्र सम्पन्न गरिसक्ने निर्णय समेत गरेको छ,’ बास्तोलाले भने ।
बैठकमा एमालेका केन्द्रिय सदस्य तथा भक्तपुर इन्र्चाज सोम प्रसाद मिश्र केन्द्रीय सदस्य निर्मल भट्टराई, जिल्ला अध्यक्ष वचन देउजालगायतको उपस्थिती रहेको थियो ।