Sunday, October 18, 2026
Home राजनीति प्रतिनिधिसभा सकिँदैमा महाअभियोग सकिँदैन: थापा

प्रतिनिधिसभा सकिँदैमा महाअभियोग सकिँदैन: थापा

70

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पूर्वन्यायाधीश समाज र त्यसका पदाधिकारीमाथि प्रयोग गरेको शब्दप्रति खेद व्यक्त गर्दै महाअभियोग सिफारिस समितिलाई ती शब्दहरु हटाउन आग्रह गरेका छन्। उनले महाअभियोग मुद्दा भएकाले यसको फैसला हुनुपर्ने पनि बताए।
उनले पूर्वन्यायाधीश समाजले बुधबार गरेको कार्यक्रममा भने, ‘जस्ता तुच्छ शब्द प्रयोग गर्नुभयो, त्यसले उहाँको हैसियत के रहेछ भन्ने बुझाउँछ।’ उनले घुस्याहा एकै दिनमा बन्न सकिने तर स्थापित वकिल र निर्भीक न्यायाधीश बन्न समय लाग्ने र तपस्या चाहिने बताए।
उनले संविधानको धारा १०१ मा संघीय संसद भनिएकाले पनि चुनावका लागि प्रतिनिधिसभाको कार्यकाल सकिँदैमा महाअभियोग नसकिने दाबी पनि कार्यक्रममा गरेका थिए।