Sunday, September 27, 2026
Home अन्य कला दिवेशले ७ सहरमा ९ वटा कन्सर्ट गर्ने

दिवेशले ७ सहरमा ९ वटा कन्सर्ट गर्ने

154

काठमाडाैँ । अमेरिकी आइडल फाइनलिस्ट नेपाली मुलका गायक दिवेश पोखरेलले नेपालको संस्कृति र प्रकृतिलाई विश्वमाझ चिनाउन आवश्यक रहेको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रम उनले यस्तो बताएका हुन्।

नेपालमा हुन लागेको पहिलो सांगीतिक यात्राबारे जानकारी दिन बिहीबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा भएका आफ्ना समर्थकहरूका लागि सांगितिक प्रस्तुत गर्न नेपाल आएको बताए। नेपालमा शनिबारदेखि हुने ‘टुबोर्ग होमकमिङ आर्थर गन’का लागि उनीसहितको टोली नेपाल आएको थियो। उनले नेपालमा रहेका समर्थकहरूका लागि सांगीतिक प्रस्तुति दिनका लागि र नेपालको कला, संस्कृति र प्रकृतिको बारेमा जान्न र बुझ्न डकुमेण्ट्री बनाउने लक्ष्यसहित नेपाल आएको बताए।

एक महिनाको नेपाल बसाइँमा नेपालको सांस्कृतिक, सांगीतिक, पर्यटन क्षेत्रको प्रवर्द्धनलाई जोड दिने उनकाे भनाइ छ। गायक दिवेशले देशका प्रमुख ७ सहरमा ९ वटा कन्सर्ट गर्नेछन्। उनले नेपाल संस्कृतिका साथै प्राकृतिक बनावटले पनि सुन्दर रहेको भन्दै आफूले तयार पार्ने सांगीतिक टूर डकुमेण्ट्रीले झनै नेपालको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे। सन् २०२० को अमेरिकन आइडलमा भाग लिएसँगै एकाएक चर्चामा आएका गायक पोखरलले अमेरिका संगीतको हिसावले राम्रो ठाउँ भएको बताए। पाेखरेल अमेरिकन आइडलकाे तेस्रो स्थानमा आउन सफल भएका थिए।