सुनसरी । सप्तकोशी नदीले पश्चिम क्षेत्रमा अत्याधिक मात्रामा कटान सुरु गरेपछि श्रीलंका टापुका स्थानिय बासिन्दा सुरक्षित स्थानतर्फ लागेका छन । गए राती देखी परेको अविरल बर्षाका कारण सप्तकोशीले पश्चिम क्षेत्रको भु–भाग कटान गर्ने क्रम नरोकिएपछि श्रीलंका टापुका बासिन्दा सुरक्षितस्थलतर्फ लागेका हुन् ।













