जन्मियो राष्ट्रिय स्वतन्त्र पार्टी, नेतृत्व रबि लामिछानेले गर्ने

100

काठमाडौं । रबि लामिछानेले आज राष्ट्रिय स्वतन्त्र पार्टी नामको नयाँ दल घोषणा गरेका छन् । पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गरेको घोषणा गरे हुन् ।
कुनै पनि राजनीतिक दलमा प्रवेश नगर्ने घोषणा उनले मंगलबार राष्ट्रिय सभागृहमा आयोजित घोषणा सभामा गरेका हुन् । म अहिलेसम्म दर्ता भएका कुनै पनि पार्टीमा प्रवेश गर्दिँन, त्यहाँ राम्रा मान्छे नभएका होइनन् तर उनीहरुले पार्टी नेतृत्वबारे प्रश्न गर्न सकेनन् । त्यसैले म आफैं पार्टी बनाएर राम्रा मान्छेलाई संगठित गर्छु, रबिले भने ।