भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको निर्वाचन सकिएको छ ।
जम्मा ८ मत रहेको समन्वय समितिको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारले ३, नेपाली काङ्ग्रेसका उम्मेदवारले ३ र नेमकिपाका उम्मेदवारले २ प्राप्त गरेका थिए ।
बराबर मत ल्याएका काङ्ग्रेस र एमालेका उम्मेदवारबीच गोलाप्रथा गर्दा प्रमुख पदमा एमालेका इश्वर थापा बिजयी भएका छन् । उप प्रमुखमा काङ्ग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छिन ।
५ जना सदस्यहरुमा एमाले ४ र १ जना काङ्ग्रेसका उम्मेदवारले गोलाप्रथाबाट जित निकालेका छन् ।
एमालेका नानु कार्की, मन्जु कार्की, बिश्वराम त्वायनाबासु र राम माया मिजारले गोला तानेर जितेका हुन् । काङ्ग्रेस १ सदस्यमा बिनु केसीले जित हासिल गरेकी छिन् ।













