वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा

280

काठमाडौं : वैदेशिक रोजगारीका नाममा मासिक १ सय नेपाली ठगीमा पर्ने गरेका छन्। रोजीरोटीको जोहो गर्न विदेशिने नेपाली राम्रो काम,राम्रो कमाइ हुने प्रलोभनमा परी ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ। चालू आर्थिक वर्षको ९ महिनामा विदेश पठाइदिने बहानामा ठगिएका ८३१ उजुरी दर्ता भएका छन्। जसमा कामदारको ३७ करोड ३० लाख ठगिएको विभागको तथ्यांकले देखाएको छ। व्यक्तिगत तवर (एजेन्ट)बाटै ४ सय जना २३ करोड २२ लाख ४५ हजार ठगिएको विभागले जनाएको छ। विदेश पठाउने नाममा मोटो रकम असुल्ने तर नपठाउने गरेको पाइएको छ। धेरै पारिश्रमिक तोक्ने तर न्यून मात्रै उपलब्ध गराउने पाइएको पौडेलको भनाइ छ। यस्तै एउटा काम भनी अर्कोमा लगाउने, सम्झौता बेगर अर्कै कम्पनीको भिसा दिने, विकसित मुलुक भनेर धेरै रकम असुली नपठाउने गरेको उजुरी विभागमा परेको वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए।

म्यानपावर व्यवसायीले सेवा बिर्सिएर कमाउ