धुलिखेल विवाद के हो ?

183

जेठ ४,
काभ्रे। सर्वदलीय बैठकले सर्वसम्मत रुपमा पारित गरेको नियम विपरित मतगणना गर्न बाकी रहेको ४ वटा वडामा छुट्टै नियम लागु गर्न प¥यो भन्दै एमालेका उम्मेद्वार अशोक व्याञ्जुले बखडा झिकेपछि धुलिखेल नगरपालिकाको मतगणना स्थगित भएको छ। मत परिणाम अनुसार धुलिखेल नगरमा प्रमुखमा एमालेका उम्मेद्वार व्याञ्जु र स्वतन्त्र उम्मेदवार विदुर बस्नेत वीच प्रतिस्पर्धा भैरहेको छ। स्वतन्त्र उम्मेदवार बस्नेत नेपाली काग्रेसको नगर सभापति समेत थिए। निर्वाचनमा काग्रेसले टिकट नदिएपछि उहाले स्वतन्त्र रुपमा उम्मेद्वारी दर्ता गर्नु भएको थियो। उहाको चुनाव चिन्ह जेब्रा थियो।धुलिखेल विवादमा वडा नम्बर १ देखि ८ सम्मको जुन नियम अनुसार मतगणना भएको थियो त्यहि नियम अनुसार मतगणना गर्नुपर्ने स्वतन्त्र उम्मेद्वार पक्षको भनाई छ भने अब वडा नम्बर ९ देखि १२ सम्म अर्को नियम लागु गर्नुपर्ने व्याञ्जु पक्षको भनाई छ। ‘आफ्नो पक्षमा मत आउदा नियम ठिक,, अर्कोको पक्षमा मत आउदा बेठीक भन्ने हुदैन’– सर्वदलीय बैठकमा सहमति गर्दा हस्ताक्षर गर्ने एक नेता कृष्णप्रसाद खनाल भन्नुहुन्छ– वडा नम्बर १ देखि ८ वडा सम्म जुन नियम अनुसार मतगणना भएको थियो त्यहि नियम अनुसार ९ देखि १२ वडा सम्म मतगणना हुनुपर्छ। खेलको वीचमा नियम परिवर्तन नहुने उहाको भनाई थियो।

किन भयो विवाद ?
धुलिखेल नगरमा मतगणना अघि बसेको सर्वदलीय बैठकले उम्मेद्वार भएको र नभएको दुबै चिन्हमा मत आएको भए उम्मेदवार भएको चिन्हलाई मान्य बदर नहुने नियम बनाइएको थियो। वडा नम्बर १ देख ८ सम्म यहि नियम अनुसार मतगणना भयो। जसमा सुर्य चिन्हका व्याञ्जुले भारी मत अन्तरले अग्रता लिएका थिए। वडा नम्बर ८ सम्म १२ हजार ५ सय ४० मतगणना गर्दा २ हजार ४१ मतका साथ अगाडी थिए। वडा नम्बर ७ सम्म मतगणना गर्दा २ हजार ६ सय भन्दा बढी मतान्तर घटाउदै स्वतन्त्र उम्मेदवार बस्नेतले वडा नम्बर ८ को गणनामा २ हजार ४१ मा ल्याएपछि व्याञ्जु पक्षले विवाद गर्न थालेका हुन। धुलिखेलको वडा नम्बर ८ मा आइपुग्दा उपप्रमुखमा पनि नेपाली काग्रेसको उम्मेद्वार १ सय ६१ मतले अग्रता लिइसकेको छ। जब, वडा नम्बर ९ देखि स्वतन्त्र उम्मेदवार बस्नेतको चुनाव चिन्ह जेब्रा उपप्रमुख निराजन जंगमको चुनाव चिन्ह रुखमा एकलौटी मत आउने सुईको पाएपछि सर्वदलीय बैठकको सर्वसम्मत निर्णय विरुद्ध नियम परिवर्तन गनुृपर्ने माग राख्दै एमालेका उम्मेदवारले विवाद झिकेका कृष्णप्रसाद खनाल बताउनुहुन्छ।