सूर्यविनायकमा एमालेको घरदैलो अभियान सुरु

374

भक्तपुर । नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर घरदैलो अभियान सुरु गरेको छ । विधिवत रुपमा भने भोलीबाट सो अभियानको तालिका नै बनाएर घरदैलोमा जान लागिएको एमालेका सूर्यविनायक नगरकमिटीका अध्यक्ष रबिन्द्र सापकोटाले जानकारी दिएका छन् । एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवारमा बासुदेब थापा र उपप्रमुखमा सरिता भट्टराई रहेकी छिन् । विगतको निर्वाचनमा एमाले नप्रमुख र उपप्रमुख सहित ७ वडा वडामा जित हासिल गरेको थियो ।