चाँगुका आगलागी पीडितलाई कांग्रेसको सहयोग

247

असार १२,
भक्तपुर । चाँगुनारायण नगरपालिका–४, चाँगुमा शनिवार ग्यास लिक भई आगलागी हुँदा स्थानीय सानचरी मिजार र दिपक मिजारको घरमा क्षति पुगेको छ । आगलागीबाट नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न, मोवाइल दुई वटालगायतका जिन्सी सामान समेत जलेर नष्ट भएको पीडितले बताएका छन् । पीडित परिवारलाई कांग्रेसले नगद ५ हजारसहित लत्ताकपडा, खाद्यान्न, ग्यास, ग्यासचूलो लगायतका सामग्री सहयोग गरेको क्षेत्रीय सभापति जीवन खत्रीले जानकारी दिए ।

सहयोगको लागि बागमति प्रदेश नेपाली कांग्रेस संसदिय दलका उपनेता एवम् सांसद कृष्णलाल भँडेल, कांग्रेस भक्तपुर क्षेत्र नं. १ का सभापति खत्री, सचिव जनक खत्रीलगायतको उपस्थिती रहेको थियो । साथै नेपाल रेडक्रस सोसाईटी चाँगुनारायण उपशाखाले पिडित परिवारलाई भाँडावर्तन सहयोग गरेको सचिव दिवाकर पौडेलले जानकारी दिए । कांग्रेस जिल्ला कार्य समितिले हालै सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले क्षति गरेका पिडितहरुलाई खाद्यान्न लगायत नगद ३ लाख ५१ हजार सहयोग गरेको थियो ।