असोज ९,
काठमाडौं स् यही मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ। एसिड आक्रमणमा परेकी काठमाडौं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुनलाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाका अनुसार मन्त्रिपरिषद्ले भारतको चण्डीगढमा पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार गर्दा लागेको खर्च भारतस्थित नेपाली दूतावासमार्फत तिरिदिने निर्णय भएको छ।
















