डुङ्गा डुब्यो, ११ जनाको मृत्यु

88

भदौ ३०,
बीबीसी । आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा भएको एक डुङ्गा दुर्घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको छ । राज्यको प्रकोप व्यवस्थापन विभागले डुबेको डङ्गामा ६१ जना सवार भएको जसमध्ये धेरैजसो पर्यटक भएको जानकारी दिएको छ । पूर्वी गोदावरी जिल्लाको देवीपट्टनम मण्डलको कच्चालुरु गाउँमा यो दुर्घटना आइतबार दिउँसो भएको हो । डुङ्गामा सवार ६१ मध्ये ५० पर्यटक थिए बाँकी कर्मचारी थिए ।

दुर्घटनाका बेला यी मानिसहरु गोदावरी नजिकै पापीकोंडालु पहाडमा घुम्नका लागि जाँदै थिए । डुङ्गामा सवार २० जना सुरक्षा ज्याकेट ९लाइफ ज्याकेट० लगाएर स्थानीयको मद्दतमा किनारासम्म पुग्न सफल भए । पूर्वी गोदावरी जिल्लाका पुलिस सुप्रिटेन्डेन्ट नईम हाशमीले अहिलेसम्म तीनजनाको शव भेटिएको जानकारी दिएका छन् । नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० को ३०–३० सदस्य भएको दुई समूह राहत र उद्दारकार्यमा जुटेका छन् । आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगन मोहन रेड्डीले प्रभावित परिवारलाई जनही १० लाख भारुको मद्दत दिने घोषणा गरेका छन् । उनले यसबाहेक अधिकारीलाई उद्दार कार्यमा नेवी र ओएनजीसीको हेलिकोप्टरको मद्दत लिनका लागि पनि भनेका छन् ।