संविधान विरोधी विधेयक ल्याउने प्रधानमन्त्रीले राजीनामा दिन तयार हुनुपर्छ

140

असार ५,
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्क्षदारले संविधान विराधी विधेयक ल्याउने प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिदै राजिनामा दिन तगार हुनुपर्ने वताएका छन् । विहिवार संसद वैठकमा वोल्दै नेता गच्छदारले गलत विधेयक फिर्ता हुनु बहादुरी होइन भन्दै यस्तो संविधानको मर्म र भावना विपरित ल्याइएको विधेयक फिर्ता गर्नुपर्ने अवस्था आउदा प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताए ।

सरकारले सरोकारवालाहरु सँग छलफल नगरी गुठी विधेयक ल्याएर नेपाली धर्म संस्कृति माथि प्रहार गरेको भन्दै अन्य विधेयक पनि फिर्ता लिनु पर्नेमा जोड दिए । संचारजगतको महत्वपुर्ण भुमिका रहेको उल्लेख गर्दै उनले भने प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता विराधी मिडिया काउन्सिल विधेयक पनि फिर्ता हुनुपर्दछ । यसलार्ए हामी कुनै हालतमा पारित गर्न दिदैनौ आवश्यक परे संघर्षमा उत्रिन तयार छौं ।

मन्त्री हुदाँ सिमित संचार माध्यम वाट अहिले दजनौं टेलिभिजन, सयौं पत्रपत्रिका, रेडियो, अनलाईन लगायत संचारमाध्यम अहिल संचालित रहेको स्मरण गर्दै प्रेसलाई स्वतन्त्र रुपमा काम गर्न वाधा पुर्याउन नहुनेमा जोड दिए ।

मंगलवार संसदमा प्रमुख प्रतिपक्षले संसदमा वोल्न अग्रअधिकार माग गर्दा त्यसलाई रोक्नु संसदीय प्रचलित मान्यता विपरित भएको समेत प्रष्ट पारे ।