चैत १८
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर बिगारेर सामाजिक सञ्जाल फेसबुकमा जथाभावि पोष्ट गर्ने दुईजना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले रुपन्देहीको साविकको शंकरनगर गाविसका २३ वर्षीय यमप्रसाद पन्थी र पाल्ला गाउँपालिका-७ का २२ वर्षीय निर्मल गैरेलाई पक्राउ गरेको हो । निर्मल भक्तपुरको नयाँ ठिमीबाट र यमप्रसाद चितवनबाट पक्राउ परेका हुन् ।
सीआईबीको अनुसार पक्राउ परेका दुबैजनालाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ ।