चैत १,
काठमाडौँ–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकार देशमा द्वन्द्व निम्त्याउन आफैं लागि परेको बताएका छन्। नेपाल टेलिकम वर्कस युनियनको नवौं क्षेत्रीय अधिवेशनाको उद्घाटन कार्यक्रममा नेता सिंहले विप्वल नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएर सरकारले देशलाई द्वन्द्वतर्फ धकेलेको आरोप लगाएका हुन्। सरकारले राष्ट्रिय दलको मान्यता प्राप्त दलसँग राष्ट्रिय सुरक्षाका विषयमा छलफल गर्नुपर्ने भए पनि एकलौटी निर्णय गरेकोमा आपत्ति जनाएका छन् । ‘राष्ट्रिय सुरक्षामा आएको समस्या समाधाना गर्न अरू दलसँग पनि छलफ गर्नुपर्ने थियो’, उनले भने, ‘तर नेकपाका कतिपय नेताले नै थाहा नपाएको बताएका छन्। नेता सिंहले राष्ट्रिय सुरक्षाको विषयमा सरकारले सबै दलसँग छलफल र वार्ता गरेर निकास निकाल्नुपर्ने बताएका छन् । उनले प्रतिबन्ध मात्र समस्याको समाधान नभएको बताएका छन्।
यस्तै, सरकारले सीके राउतसँग ११ बुँदे समझदारी गरेर नेपालको संविधानको विपक्षमा अघि बढेको आरोप लगाए। उनले सरकारले सीके राउतले जनमतसंग्रह गर्ने सहमति भएको दाबी गरिरहँदा पनि सरकार चुप भएको भन्दै आपत्ति जनाए। ‘सीके राउत र सरकारले मम्झौताबारे दुवैले आआफ्नै व्यख्या गरिरहेका छन्’, उनले भने, ‘सीके राउत जनमतसंग्रहको विषयमा बोल्दा सरकार किन चुप छ ?’ नेता सिंहले सरकार जनताले दिएको म्यान्डेटको खिलापमा गएको आरोप लगाए।












