माघ ८,
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले सोमबार संसदमा बोल्दै सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
उनले स्वास्थ्य मन्त्रालयले २०७५ पुस १९ गते मन्त्रीपरिषदमा पेश भएको स्वास्थ्य सम्बन्धी प्रस्तावमाथी ध्यानाकर्षण गराएका हुन् ।
उनले नेपाल सरकारले कांग्रेसका नेताहरु गिरिजाप्रसाद कोइराला र शुसिल कोइरालाको नाममा खुल्न आएका अस्पतालमाथि भेदभाव गरेको उनको भनाई छ ।
गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा खोलिएको अस्पताललाई खारेज गर्न सरकारले त्यस्तो कदम चालेको उनको आरोप छ ।
उक्त प्रस्ताव अस्पताल र स्वास्थ्य केन्द्रहरु केन्द्र सरकार र प्रदेश सरकारमा रहने गरी गठन आदेश पठाएको र ११ बुदाँ मध्ये १ देखि ९ नम्बर बुदाँ पास भएको तर १० र ११ नम्बर बुदाँ चाहि स्थगन हुनु देशका लागि दुरभाग्य भएको गच्छदारले बताए ।
जिपी कोइराला राष्ट्रिय स्वाश्स प्रश्वास र शुसिल कोइराला क्यान्सर अस्पताल बन्न नदिने षडयन्त्र भइरेहको उनको आरोप छ ।