बैशाख २७,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिलगङ्गा क्षेत्रमा निर्माण गरिएको करिब ४५ वटा अस्थायी टहरा भत्काएको छ । केही दिनदेखि कामपाले पैदलमार्गमा राखिएका पसल र अस्थायी टहरा भत्काउने कार्य शुरु गरेको छ । नगर प्रहरी नायब उपरीक्षक दिनेशकुमार अर्यालका अनुसार सडकको केन्द्रबाट ३१ मिटर बाहिरको दूरी व्यक्तिगत लाभमा प्रयोग गर्न नपाइने भएकाले कामपाले यही मापदण्ड कार्यान्वयन गर्दै ४५ वटा टहरा भत्काएको हो । यसरी भत्काइएका टहराहरुमा कबाडी संकलन केन्द्र, सवारी मर्मत केन्द्र, चिया नास्ताको पसललगायत रहेको थियो । यसैगरी कामपाले अतिक्रमित सडक, सडक पेटी र हरियाली क्षेत्रलाई सार्वजनिक उपयोगमा रुपान्तरण गर्ने अभियानलाई पनि तीव्रता दिएको छ ।