Saturday, October 10, 2026
Home समाचार प्रधानमन्त्रीको सम्बोधन सुन्दै बसेका वडाध्यक्षको मृत्यु

प्रधानमन्त्रीको सम्बोधन सुन्दै बसेका वडाध्यक्षको मृत्यु

173

बैशाख १,
मुगु, रारा–कर्णाली पर्यटन वर्ष–२०७४ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो । ६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आउनुभएको थियो । स्थानीय निर्वाचनमा उहाँ नेकपा ९एमाले० बाट निर्वाचित हुनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उहाँ ढल्नुभएको थियो । नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उहाँको मृत्यु भएको थियो ।