भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सवको आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ राखिने भएको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सवका संयोजक दीपक थापले महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ को राखिने जानकारी दिए । साथै महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिनेछ, संयोजक थापाले भने ।नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा महोत्सव सल्लाघारीस्थित चौउरमा ११ दिनसम्म संचालन हुने संयोजक थापाले जानकारी दिएका छन् । “भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौं,” संयोजक थापाले भने ।
उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध गराउने आयोजकको तयारी छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको संयोजक थापाको भनाई रहेको छ ।
ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ । साथै औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना अध्यक्ष महतको भनाई छ । महोत्सवमा यस महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउने आयोजकको तयारी छ ।
आगामी चैत्र २६ गतेदेखि नयाँ सालको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने गरेका छन् ।
महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहनेछन् । प्रवेशका लागि विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । २०८२ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले बताए ।














