भक्तपुर । क्वालिटी इंग्लिस सेकेण्डरी स्कुलले आफ्नो २७ औं वार्षिक उत्सव भव्य रुपमा सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोट फेदीमा रहेको यस स्कुलले जेष्ठ नागरिक भद्रकुमारी कार्कीको प्रमुख आतिथ्यतामा वार्षिक उत्सव मनाएको हो । कार्कीको नातिनि स्कुलमा कक्षा ७ मा अध्ययन गर्दै आउनु भएको छ । स्कुलका प्रीन्सिपल जीबि खड्काका अनुसार कार्यक्रममा उपस्थित हुन भएका अभिभावक मध्यबाट सबैभन्दा जेष्ठलाई प्रमुख अतिथि बनाइएको जानकारी दिनु भयो । उक्त कार्यक्रममा विद्यालयमा विभिन्न गतिविधि र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुको सांगीतिक प्रस्तुतिले कार्यक्रम रौनकता थपिएको देखिन्थ्यो ।
तस्विर हेरौं






























