राप्रपा संसदीय दलको नेतामा शाही र प्रमुख सचेतकमा ओली

4

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेता ज्ञानबहादुर शाहीलाई बनाउने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई संसदीय दलको नेता र प्रमुख सचेतकमा खुश्बु ओलीलाई बनाउने निर्णय गरेको हो । बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको हो । राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ सिट र समानुपातिकमा ४ सिट प्राप्त गरेको छ ।