काठमाडौँबाट शव लिएर गएको हेलिकप्टर खोटाङमा दुर्घटना

4

संखुवासभा : खोटाङमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ। केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा हेलीकप्टर दुर्घटना भएको हो। काठमाडौंबाट शव बोकेर गाउँ पुगेको हेलिकप्टर दुर्घटनामा परेको हो । मानवीय क्षति नभएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले जानकारी दिइन्। पिलासगढी गाउँपालिका अध्यक्ष समिर राईका अनुसार बारीको डिलमा ल्याण्ड गर्नेक्रममा दुर्घटना भएको हो। शुरुमा डिलमा ल्याण्ड हुन लागेको हेलिकप्टरलाई उठाएर बारीको बिचमा लैजान खोज्दा दुर्घटना भएको अध्यक्ष राईले बताए।