काठमाडौं । नेपाल आयल निगमले आजबाट बजारमा आधा सिलिन्डर ग्यास पठाउन थालेको छ । एकैपटक ठूलो परिमाणमा माग बढ्दा आपूर्तिले धान्न नसक्ने स्थिति बनेपछि निगमले शुक्रबारदेखि ७।१ किलोग्राम ९आधार सिलिन्डर० मात्र ग्यास पठाउन थालेको हो । मध्यपूर्व क्षेत्रमा बढ्दो युद्धको प्रभाव काठमाडौँ उपत्यकामा पनि देखिन थालेको छ । केही दिनयता बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सर्वसाधारणले निकै दुःख भोग्नु परेको छ ।














