काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेरहदका कारण अवकाशमा जाँदैछन् । उनी ६५ वर्षको भए । त्यसैले सर्वोच्च अदालतको भावि प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस भएको छ । सोही कारण न्यायपरिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुँयाल, डा. मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश अवकाशमा जानुभन्दा एक महिना पहिले नै नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने व्यवस्था छ । प्रधानन्यायाधीशका लाग सर्वोच्च अदालतमा ३ वर्ष काम गरेका न्यायाधीशहरू योग्य मानिन्छन् ।














