ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउछौंः एमाले उम्मेदवार मिश्र

1

भक्तपुुर । नेकपा एमालेको तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार सोमप्रसाद मिश्रले ख्वप सांस्कृतिक विश्वविद्यालय बनाउने आफुले प्रयास गर्ने बताएका छन् । निर्वाचनको घरदैलो कार्यक्रम अन्र्तगत भक्तपुर नगरपालिकाको वडा नं. १ दुधपाटीबाट शुभारम्भ गर्दै एमालेका उम्मेदवार मिश्रले भने ख्वप “सांस्कृतिक विश्वविद्यालय बनाउनुको साथै कला संस्कस्कृतीलाई संरक्षण गर्न हामी तत्पर छौं ।”
विगतदेखिको बर्चश्वलाई तोडेन सबै भक्तपुरबासीलाई साथ दिन समेत मिश्रले आग्रह गरेका छन् । उक्त कार्यक्रममा एमालेका जिल्ला अध्यक्ष बचन देउजा, सचिव विष्णु तामाङ, एमाले भक्तपुर नगरकमिटिका अध्यक्ष मदल देउलालगायतको उपस्थिति रहेको थियो ।

तस्विरमा हेरौं