सधै जनताको माझ, सोम मिश्र सबैको साझा, तस्विरमा हेरौं

1

भक्तपुर । नेकपा एमालेको तर्फबाट फागुन २१ गते हुने संघीय प्रतिनिधि सभाको उम्मेदवार हुन् सोम प्रसाद मिश्र । भक्तपुर निर्वाचन क्षेत्र नं. १ बाट एमालेको उम्मेदवार बनेका मिश्र लामो समय पार्टी राजनिति गरेर जनता माझ झिजेका नेता हुन्, उनलाई नजिकबाट चिन्ने भक्तपुरका स्थानीयले भने । भक्तपुर १ नं. क्षेत्रलाई राजनितक कर्मथलो बनाएका मिश्र पार्टीभित्र वैचारिक छवि भएका नेताको रुपमा चिनिन्छन् । २०७४ सालमा सम्पन्न स्थानिय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको नगर प्रमुख पदमा निर्वाचित भएपछि उनले गरेका काममको लामो सूचि भएको चाँगुकै स्थानियहरु बताउँछन् ।

नगरपालिकाको भवन निर्माण, स्वास्थ्य चौकीको भवन निर्माण, सडक, खानेपानीलगायतका विकाशका पूर्वाधारमाचाँगुनगरपालिकाले ठुलो फड्को मारेको छ । मिश्रको पाँच वर्षेकार्यकालमा ४२ किलोमिटर सड्क कालोपत्र भएको तथ्यांकले देखाउँछ । ४५ वटा सामुदायिक विद्यालयहरुको भवन बनेको, १४ घरधुरी मध्ये १२ हजारमा एकघर एकधारा कार्यक्रम अन्तर्गत खानेपानी वितरण गरिएको देखिन्छ । १२ किलोमिटर लामो पदमार्ग निर्माण भएको, बचत खाता छोरीको सुरक्षा जीवनभरिको जस्तो लोकप्रीय कार्यक्रम समेत मिश्रले संचालन गरेका थिए । अवैध घर टहरा भत्काएर नगरकोटमा पार्क र व्यवस्थित बजारका निर्माण समेत आफ्नो कार्यकालमा भएको एमालेका उम्मेदवार मिश्रको भनाई छ ।

तस्विरमा हेरौं

उम्मेदवार परिचय:
सोम मिश्रको जन्म वि.स २०२० साल मंसिर ९ गते फुङ्लिङ नगरपालिका वडा ९ मा भएको थियो । अध्ययनलाई अगाडि बढाउन सकिन्छ भन्ने मनसाय लिएर २०४३ मंसिरमा मिश्र काठमाडौँ आउनुभएको थियो । २०४५ सालदेखि मिश्रको परिवार भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको स्थायी बासिन्दा भएर बस्दै आएको छ । २०४३ सालमा मन्दरा गुरागाई (मिश्र)संग विवाह गर्नु भएको मिश्रका सामना र समित गरेर दुई सन्तान हुनुहुन्छ । मिश्रले सएलसी पास गरेपछि उच्च अध्ययनको सिलसिलामा काठमाडौँको पक्नाजोल स्थित पिपल्स क्याम्पसबाट प्रविणता प्रमाणपत्र पास गर्नु भएको छ । भक्तपुर बहुमुखी क्याम्पस भक्तपुरबाट स्नातक र पाटन बहुमुखी क्याम्पस ललितपुरबाट क्रमश राजनीतिशास्त्र र समाजशास्त्र विषयमा स्नातकोत्तरको अध्ययन पुरा गर्नुभएको छ ।

राजनितिक यात्राः
२०३७ सालको श्रावणमा एकजना किसानका घरमा भएको सानो भेलामा मिश्रलाई पनि बोलाइयो । त्यहाँ सायद भूमिगत पार्टीका इलाका स्तरका नेताको उपस्थिति हुनुपर्छ । अन्याय, अत्याचार, असमानताको विरुद्ध लड्नुपर्ने तर यसको बाधकका रूपमा पञ्चायती व्यवस्था रहेको उल्लेख गर्दै पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन गर्न सक्ने पार्टी भनेको नेकपा माले नै हो भन्ने बताएको अनुभव गरिरहेका मिश्र सम्झनु हुन्छ । मिश्रलाई त्यही दिन नेकपा (माले)को प्रारम्भिक संगठन बिन्दु टोल सक्रिय दलुको सदस्य बनाइयो र पार्टी परिवार भित्र समेटियो । उहाँका लागि कार्यक्षेत्र पनि तोकियो । मिश्रलाई कतै न कतै फसाएर कारबाही गर्ने योजनामा पञ्चहरू र प्रशासन लागे । फलस्वरूप प्रशासनकै योजनामा गाउँ पञ्चायत कार्यालयमा २०३९ साल माघ २ गते राती आगो लगाइयो । उक्त अरोपमा मिश्रलाई फँसाएर करिब एक वर्ष कठोर जेल सजायमा राखियो । अध्ययन र राजनीतिक कामकै सिलसिलामा घनिष्ठ मित्र बन्नुभएका भक्तपुर ताथलीका अर्जुन थापा र नकुल थापा (दाजुभाइ)सँग अझ गहिरिएको मित्रताले सोम मिश्रलाई भक्तपुर आउनु भएको थियो । २०४५ साल माघदेखि मिश्रको बसोबास र पार्टी काम भक्तपुरमा र रोजगारी काभ्रेको नालामा आरम्भ गर्नु भएको थियो । मिश्र २०४७ सालदेखि पार्टीको नेकपा एमाले भक्तपुर जिल्ला कमिटिको सदस्य, सचिवालय, उपसचिव, सचिव हुदैं २०६८ सालमा एमाले भक्तपुर जिल्ला कमिटिको अध्यक्षको हैसयितले जिल्ला कमिटिबाट बिदा हुनुभयो । वि.स २०७० सालदेखि २०८२ सालसम्म एमालेको केन्द्रिय कमिटि सदस्य हुनु भयो । २०५४ सालमा तत्कालिन भक्तपुर जिल्ला विकाश समितिका सदस्य हुनु भएका मिश्र, २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित हुनभयो । एमालेका नेता मिश्रले अध्ययन र अवलोकनको क्रममा चिन र अमेरिकाको भ्रमण गर्नुभएको छ ।

चाँगुनारायण नगरपालिकाको स्थापक नगर नगरप्रमुखका हैसियतले मिश्रले चाँगुनारायणमा भौतिक विकाशको सुरुवातसंगै नगरपालिकालाई व्यवस्थित बनाउन कानुन निर्माण समेत महत्वपूर्ण भूमिका खेल्नु भएको छ । उहाँकै कार्यकालमा निर्माण सुरु भएको नगरपालिकाको भवनमा हाल कार्यालय संचालन भइरहेको छ । आम जनतासंग घुलमिल गर्न रुचाउने मिश्र भक्तपुर जिल्लाकै एक बौद्धिक र लोकप्रीय नेताको रुपमा परिचत हुनुहुन्छ । यहिँ आउने फागुन २१ गते हुने संघीय प्रतिनिधि सभाको निर्वाचनमा भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ मा उहाँ नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुहुन्छ ।