मिनी ट्रक दुर्घटना, ४ जनाको मृत्यु

1
photo by: GOOGle

ललितपुर । जिल्लाको कोन्ज्योसोम गाउँपालिकामा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा ट्रक चालक र एक जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ट्रक चालक ललितपुरकै गोदावरी नगरपालिका–६ का ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै, ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० वर्षीय र ५० वर्षीय पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पताल पुर्‍याउनासाथ डाक्टरले उनीहरूलाई मृत घोषणा गरेका थिए । अस्पतालमा ज्यान गुमाउने दुई जनाको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनाको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले सूचना अधिकारी एसपी चक्रराज जोशीले जानकारी दिएका छन् ।