दार्चुला । दार्चुला सदरमुकाममा नेपाल प्रहरीका एकजना हवल्दारको हत्या भएको छ । हत्याको आशंकामा प्रहरीले तीनजना पक्राउ परेका छन् । महाकाली नगरपालिकास्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको बुधबार हत्यापछि तीनजना समातिएका हुन् । नगरपालिका–४ बांगाबगडस्थित सामुदायिक प्रहरी केन्द्रमा कार्यरत हवल्दार घर्तीको शव स्थानीय एउटा होटल पछाडि भेटिएको थियो। पक्राउ परेकाहरुको नाम भने प्रहरी सार्वजनिक गरेको छैन् ।













