सम्पर्कविहीन १७ प्रहरी-कर्मचारीलाई प्रधान कार्यालयको निर्देशन, तुरुन्त हाजिर हुनू

12

काठमाडौँ : आफूखुशी गैरहाजिर रहेका १७ कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। आइतबार सूचना जारी गरी कार्यालयले गैरहाजिर रहेका प्रहरी कर्मचारीहरूलाई सात दिनभित्र स्पष्टीकरण सहित उपस्थित हुन भनेको हो।उनीहरूको खोजतलास गराउँदा र सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।गैरहाजिर हुनेमा एक प्रहरी सहायक निरीक्षक, एक हवलदार, एक सहायक हवलदार, ११ जवान र तीन जना कार्यालय सहयोगी छन्। प्रहरी प्रधान कार्यालयले बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कार खुलाएर सन्तोषजनक स्पष्टीकरण जवाफसहित उपस्थित नभए नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी दिइएको छ।