होमस्टे महासंघ नेपालको राष्ट्रिय कार्यशाला आयोजना हुँदै

1

काठमाडौ । होमस्टे (घरवास) महासंघ नेपालको होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिकसाधारण सभा हुने भएको छ । होमस्टे सञ्चालन तथा व्यवस्थापन सम्बन्धी राष्ट्रिय कार्यविधि निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको राष्ट्रिय कार्यशाला गोष्ठी तथा वार्षिक साधारण सभा माघ १५ गतेदेखि १८ गते सम्म संचालन हुनेछ ।

होमस्टे महासंघ नेपालका कोषाध्यक्ष सुरज बास्तोलाका अनुसार ४ दिन उक्त कार्यशाला अमलटारी मध्यवर्ती सामुदायिक होमस्टे, कावासोती–१५, नवलपरासी आयोजना हुँदैछ । माघ १५ गते साँझ होमस्टेमा बस्नेगरी आउन माघ १६ गते हुने औपचारिक कार्यक्रमको उद्घाटन समारोहमा सहभागी हुन समेत बास्तोलाले आग्रह गरेका छन् ।

कोषाध्यक्ष बास्तोलाले भने “कार्यक्रममा पदाधिकारीज्यूहरू, सदस्यज्यूहरू, साधारण सदस्यज्यूहरू, विज्ञ सदस्यज्यूहरू,अनुगमन तथा सुपरिवेक्षण आयोगका संयोजक एवं सदस्यज्यूहरू तथा माननीय सल्लाहकार ज्यूहरू आउनु हुनेछ । ”

वार्षिक साधारण सभा तथा राष्ट्रिय स्तरको कार्यशाला गोष्ठीमा सहभागी सबैका लागि आवासीय व्यवस्थापन गरिएको र यातायातको व्यवस्था भने आफैले गर्नु पर्ने बास्तोलाले जानकारी दिए । सबै जनाको महत्त्वपूर्ण उपस्थितिले कार्यक्रमलाई सफल सार्थक तथा उपलब्धिमूलक बनाउन यहाँहरूको अमूल्य समय र उपस्थितिले विशेष योगदान पुग्ने विश्वास लिएका छौं, महासंघका कोषाध्यक्ष बास्तोलाले भने ।