‘माटो’ को आठौं स्टोर ललितपुरको ठैंबमा

9

काठमाडौं । जनता एग्रो एन्ड फरेस्ट्री लिमिटेड (जेएफएल) ले आफ्नो उपभोक्ता ब्रान्ड ‘माटो’ को आठौं स्टोर तथा गोदाम ललितपुरको ठैबमा स्थापना गरेको छ । जेएफएले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै किसानहरूप्रति गरिएको प्रतिबद्धताको प्रतीकको रुपमा उनीहरूका उत्पादनलाई प्लेटफर्म उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

१५ हजार वर्गमिटर क्षेत्रमा फैलिएको स्टोर करिब ५० लाख रुपैयाँमा सञ्चालनमा आएको हो । यसले प्रशोधन केन्द्रको रूपमा समेत कार्य गर्ने र त्यहाँ आधुनिक मेसिनरी तथा प्रणालीहरू जडान गरिएका जेएफएलले जनाएको छ । ‘माटोले रासायनिक कीटनाशक, मल तथा संरक्षक पदार्थको प्रयोग नगरी उत्पादन गरिएका स्थानीय वस्तुहरूको प्रबद्र्धन गर्दै आएको छ, जसले उपभोक्तालाई शुद्धता र ताजापनले चिनिएका उत्पादनहरू प्रदान गर्दछ,’ जेएफएलका अध्यक्ष पवनकुमार गोल्याणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘महिला उद्यमीहरूलाई प्राथमिकता दिइने भएकाले समावेशी उद्यमशीलता र दीर्घकालीन दिगोपनलाई प्रोत्साहन गर्नेछ, यस प्लेटफर्ममार्फत महिला उद्यमीहरूलाई समेत खरिद प्रत्याभूति प्रदान गर्नेछ ।’

यस सुविधाले साना तथा मझौला उद्यमका लागि कार्यस्थल उपलब्ध गराउने भूमिकासमेत निर्वाह गर्ने जेएफलले जनाएको छ । जसको कारण सम्पूर्ण मूल्य श्रृंखलामा कार्यक्षमता, प्रभावकारिता, गुणस्तर र पहुँच अभिवृद्धि गने उसको भनाइ छ ।

जेएफएल नेपालको कृषि तथा वन क्षेत्रलाई रूपान्तरण र सशक्त बनाउने दीर्घकालीन प्रतिबद्धता बोकेको सार्वजनिक कम्पनी हो । राष्ट्रको हितलाई केन्द्रमा राखी दिगो विकास र समृद्धिका मूल्यहरूमा दृढ रूपमा आधारित रही कम्पनीले आफ्नो बलियो कृषि आधारमार्फत दीर्घकालीन सकारात्मक प्रभाव सिर्जना गर्दै आएको छ । कम्पनीले उच्च मूल्यका कृषि उत्पादनहरू तथा जैविक कृषि अभ्यासमा आधारित पूर्वाधार विकासमा विशेष ध्यान दिँदै आएको विज्ञप्तिमा उल्लेख छ । ‘जेएफएलको मूल सिद्धान्त तथा सबैभन्दा पुरानो प्रतिबद्धता किसानहरूको उत्थान गर्नु र उनीहरूको उत्पादनलाई खरिद प्रत्याभूति सहित बजारसम्म पु¥याउनु हो,’ विज्ञप्तिमा भनिएको छ, ‘सशक्त आपूर्ति श्रृंखला निर्माणमार्फत कम्पनीले अन्तर्राष्ट्रिय विकास संस्थाहरू, विभिन्न निजी क्षेत्रका सरोकारवालाहरू तथा अनुसन्धान संस्थाहरूसँग सहकार्य गर्दै देशभरका किसानहरूलाई सशक्त बनाउने लक्ष्य लिएको छ ।’ कम्पनीका सम्पूर्ण लगानीहरू दिगो विकास लक्ष्यहरूमा सकारात्मक प्रभाव पार्ने दिशामा केन्द्रित रहेका जेएफलले जनाएको छ ।