काठमाडौं । मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य पर्साको ठोरीमा ठोरी इकोलक्स रिट्रिट’ सञ्चालनमा आएको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ गोले डाँडा रातो पहाडमा आन्तरिक तथा भारतीय तथा पर्यटकलाई लक्षित गरि सुविधा सम्पन्न ‘ठोरी इकोलक्स रिट्रिट’ सञ्चालन गरिएको ठोरी इकोलक्स रिट्रिटका अध्यक्ष छतेन्द्र आचार्य जानकारी दिनुभयो ।
यसका विशेषताहरु
-मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुनदेखि
-रसुवाको लेकमा पालिएको चौंरीको घ्यूसम्म ‘हिमालय खाना सेट’
-स्कीको ‘जेठो बूढो’ को धानको चामल ‘हिमालय सेट’
-कालिजदेखि च्याग्राको सुकुटीसम्म, भारतीय र नेपाली खाना एकै स्थानमापाहुनाले आफ्नो चाहना अनुसार कपल भिल्ला, पारिवारिक -भिल्ला, साधारण रुम तथा सिंगल, डबल र ग्रुप टेन्ट रोज्न सक्ने
-भारतिय पर्यटकलाई ठोरीबाट चितवन–पोखरा हुँदै मुक्तिनाथ तथा हेटौंडा हुँदै काठमाडौंका दक्षिणकाली, स्वयम्भू, हनुमानढोका, भक्तपुर र पाटन दरबार स्क्वायरसहित पशुपतिनाथ, कालभैरव र संकटा मन्दिर दर्शनको प्याकेज
-आन्तरिक पर्यटकका लागि भारतको नरकटियागञ्ज हुँदै पटना, बनारस, अयोध्या, लखनउ, गोवा, आगरा, वैष्णोदेवी र दिल्लीसम्मका रेल तथा कार प्याकेज
जंगल र पहाडले घेरेको शान्त, हरियाली वातावरणले ठोरीलाई मधेशकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा उभ्याउँदै लगेको छ ।स्थानीय छतेन्द्र आचार्य, धर्म विष्ट, ऋषि खनाल, महेश गौतम र विकल आचार्य गरी पाँच युवाको ३ करोड रुपैयाँ लगानी र पहलमा सञ्चालनमा आएको यो रिसोर्ट कुल डेढ बिघा क्षेत्रफलमा फैलिएको छ। 

















