काठमाडौं । पूर्वडीआईजी नलप्रसाद उपाध्यायको घरमा घरको काम गर्ने प्रहरीको कार्यालय सहयोगी बलबहादुर थापामगर मृत अवस्थामा भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्था फेला परेका हुन् । उदयपुर घर भएका ३० वर्षीय थापा मगरको दरबन्दी प्रहरी प्रधान कार्यालयमा देखिएको छ । उनी पूर्व डीआईजीको घरमा ‘घरेलु कामदार’ को रूपमा खटाइएका थिए । उपाध्याय २०७९ चैत ११ मा सेवा निवृत्त भएका हुन् । सेवा निवृत्त भएका उपाध्यायको घरमा काम गर्ने गरी कार्यालय सहयोगी थापालाई कार्यविधि विपरीत परिचालन गरेको भेटिएको हो ।














